नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत चयन

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला समन्वय समितीको नयाँ कार्यसमितिमा प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत सम्पन्न भएको छ। आज निवर्तमान अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको सभापतित्वमा सम्पन्न ७ औं जिल्ला अधिवेशन जुगल ५ को रत्नराज्य मा.वि. मा भएको हो।

घेदुङको संघीय सदस्य मिलन लामाको अध्यक्षता एवं बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ र घेदुङ प्रदेश सहसचिव फुलकाजी स्याङ्बो सदस्य रहेको निर्वाचन मण्डलले तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेका हुन्। अधिवेशन कार्यक्रमको प्रमुख अतिथिका रुपमा अन्तरास्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी तामाङ उपस्थित हुनुभएको थियो भने विशेष अतिथिमा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ उपस्थित हुनुभएको थियो।

अधिवेशनबाट तपसिलका महानुभावहरु चयन भएका छन् ।
अध्यक्ष – प्रताप सिं तामाङ
उपाध्यक्ष – थुप्तेन ग्याल्बो लामा
महिला उपाध्यक्ष – शान्ती थिङ तामाङ
सचिब – क्षेत्र तामाङ, कोषाध्यक्ष – नुमा पाख्रीन
सहसचिव – प्रीतम गोले तामाङ
सहसचिव – दावा लामा
सदस्यहरु;
आस्मान लोप्चन (पदेन सदस्य)
असिम तामाङ
अनिल स्याङ्बो
रहर बहादुर तामाङ
सुगम वाईबा
पालदोर्जे तामाङ
मानबहादुर तामाङ
रेशम बहादुर तामाङ
शिर ब. तामाङ
जयलाल तामाङ
पासाङ तामाङ
आशाकाजी तामाङ

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार