मौलिक खान्दोकेका अब्बल गायक जेबि जिम्बाको “जोबन नदेउ अर्कोलाई” उत्कृष्ट भिडियो सहित युट्युबमा

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक भेगमा प्रचलित मौलिक खान्दोके सेलो अहिले हरेक क्षेत्रमा उत्कृष्ट सांगीतिक परिकार बनिसकेको छ । हरेक भेगका तामाङहरुको मात्रै रोजाइ नभै अरु समुदायले समेत यस मौलिक धुनलाई दिनानुदिन मन पराउँदै गएको कुरा टिकटक देखि स्टेजमा झुमिएको प्रमाणले देखाउँछ । खान्दोके मौलिक भाकालाई जगेर्ना गर्न कम्मर कसेर लागिरहेका एक युवा अनि लोकप्रिय गायक हुन् जेबि जिम्बा । जिम्बाको यस अघिका कर्णप्रीय एवं लोकप्रिय गितहरुमा “सयघरे नाम्सा १ र २” धेरैले रुचाएका मौलिक खान्दोके हुन् । त्यस्तै अन्य उत्कृष्ट सेलोहरुमा टिकटक फेसबुक १,२” सिंगल हौ कि डबल, कोदोको झिर्मा लगायत दर्जनौं गितहरु छन् ।

अभिनयमा व्यस्त कलाकारहरु

नयाँ मौलिक खान्दोके “जोबन नदेउ अर्कोलाई” राजेन्द्र लामा (दोर्जे) र जिम्बाको संयुक्त शब्द तथा संगित संकलनमा जिम्बा स्वयम् तथा चर्चित गायिका जितु लोप्चनको स्वरमा सझिएको निकै उत्कृष्ट भिडियोको साथमा शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको छ । गितको एरेन्ज जोगलाल लामाले गरेका छन् भनें मिक्सिङ अर्पण लामाको रहेको छ । त्यस्तै गित सरगम स्टुडियो बौद्धमा रेकर्ड गरेका छन् ।

गाउँघरमै मौलिकता झल्काउने उपस्थिति

त्यस्तै भिडियो केके मिडियाको प्रोडक्सनमा कृष्ण ब्लोन तामाङको निर्देशन, सम्पादन एवं कोरियोग्राफीमा बनेको छ । अभिनयमा लोकप्रिय नायक मोडल इश्वर लामा, मोडल याङ्की दोङ, नायिका मोडल रश्मिला तामाङ, मोडल सरोज गोले, अभिनाश तामाङ र अस्मिता वाइबाले गरेका छन् ।

कलाकार टिम

मौलिकतालाई झल्किने भिडियो सिन्धुपाल्चोक जुगलका विभिन्न गाउँघर अनि नुवाकोट चिसोपानीमा छायांकन गरिएको हो । कृष्ण ब्लोन अफिसियल युट्युब च्यानल मार्फत भिडियो हेर्न सकिन्छ ।

भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार