लोकप्रिय गायक तितुङ र गायिका अस्मिताको सेलो सम्दिला माङ्रे सार्वजनिक

  जन्मभूमि संवाददाता

काठमाडौं
सेलो जगतमा पछिल्लो समय एकपछि अर्को सुमधुर अनि लोकप्रिय गितहरु ल्याईरहेका गायक प्रकाश तामाङ तितुङको बिल्कुलै नयाँ सेलो कोसेली सम्दिला माङ्रे भिडियो सहित सार्वजनिक भएको छ । यस गितमा तितुङलाई अस्मिता रुम्बाले साथ दिएकी छन् ।

कलाकार द्वय हेरुका लामा र पुर्णिामा

दर्जनौं उत्कृष्ट गितका गायक तितुङकै शब्द, संगित रहेको गितको एरेन्ज चांद सिंले गरेका हुन् भने रेकर्ड मिक्सिङ अर्पण थिङले गरेको हो । गायक तितुङको यस अघिका गितहरुमा “क्याम्साङ गैरी ला आङीला जामे” स्याउ स्याउ नाना, शेर्पिनी नाना, अप्सरा, छामेला सोइनाम जस्ता चर्चा कमाउन सफल छन् ।

सम्दिला माङ्रे भिडियो तर्फ हेरुका लामाको निर्देशनमा लामा स्वयम् र पुर्णिामा थोकरको जोडिलाई स्कृनमा देख्न सकिन्छ । छायांकन, सम्पादन र कलरिङ भनें जिग्मे मिडियाका सुर्य लामाले गरेका छन् । भिडियो प्रकाश तामाङ तितुङको आफ्नै अफिसियल च्यानलबाट हेर्न सकिनेछ ।

भिडियो :

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार