काभ्रे
नेपालीहरुको महान चाड वडा दशैंलाई मध्यनजर गर्दै जिल्ला प्रशासन काभ्रेले सार्वजनिक यातायातहरु सुरक्षित यात्राका लागि विभिन्न छलफल गरि निर्णय गरिएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सवारी साधनहरुमा टाइम कार्डको व्यवस्था गरिएको छ ।
त्यस्तै, असोज १४ देखि २४ गते सम्मका लागि यस रुट हुँदै आवातजावत हुने ट्रीफरहरुलाई चलाउन बन्द गर्ने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा दशैको मौका छोपी गरिने भाडा वृद्धि, क्षमता भन्दा बढी यात्रु, कोभिड नियन्त्रणका लागि अपनाइने सावधानीको समेत अनुगम र निगरानी गरिने बताईएको छ । प्रेस विज्ञप्ति ”