प्रभावशाली महिला नेतृ अवाल भक्तपुर क्षेत्र नं. १ काँग्रेसबाट समानुपातिकमा पहिलो नं. सिफारिस

  प्रीतम कुमार तामाङ

काठमाडौं
प्रभावशाली महिला नेतृको रुपमा परिचित गंगालक्ष्मी अवाल नेपाली काँग्रेस भक्तपुर जिल्ला क्षेत्र नं. १ को समानुपातिक तर्फको उम्मेदवारमा पहिलो नं. मा सिफारिस हुनुभएकी छिन् । अवाल केन्द्रिय सदस्य एवं महासमिति सदस्य समेत हुन् । पार्टीमा तीन दशक भन्दा लामो समय संघर्ष गर्नुभएकी उहाँ राजनीतिक जिवनमा काँग्रेस भएकै कारण भौतिक आक्रमणमा समेत परेकी थिईन् , तर पनि कहिल्यै विचलित भइनन् ।

“राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको लागि, देशको आर्थिक, सामाजिक र पर्यावरणीय दिगो विकासको लागि, मेरो उम्मेद्वारी” भन्ने धारणा सहित उनी राजनीतिमा होमिएकी हुन् । निकै लामो समय देखि महिला अधिकार र सशक्तीकरणका लागि लड्दै आएकी उनी मंसिर ४ गते हुने चुनावमा समानुपातिक तर्फ महिलाबाट चुनिनु सिंगो महिलाहरुको एक सुनौलो अवसरको रुपमा लिन सकिने उनी निकट बताउँछन् । अवाल बि.सं. २०२९ सालमा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १० मा जन्मनुभएकी थिईन् ।

यस्तो छ अवालको शैक्षिक यात्रा :

शिक्षा : PHD, Ethnographic Study on Chhaupadi in Tanjakot Rural Municipality, Humla Distric, Nepal Prince Of Songkla University Department of Sustainable Energy Management, Hat Yai, Thailand, 2020 .

स्नातकोत्तर ( एम.ए. ) समाजशास्त्र / मानवशास्त्र, त्री.वि.वि. सन् १९९९ (२०५६), पोष्ट ग्राजुयट, पीडितशास्त्र तथा पीडित सहायता, तोकिवा विश्वविद्यालय टोक्यो, जापन, सन् १९९९, Post Graduate Degree: Qualitative Research Methodology and Trans-cultural Psychiatry, 2009, McGill University, Montreal Canada.

अवालको राजनैतिक एवं सामाजिक जीवन यात्रा ;          – करिब तीन दशकदेखि नेपाली काँग्रेसमा ( २०४८ साल देखि नेपाल बिद्यार्थी संघमा क्रियाशील )
– अन्तरपार्टी महिला सन्जाल, भक्तपुर जिल्ला सदस्य ।
– नेपाल महिला संघ, भक्तपुर जिल्ला कार्य समिति, उपाध्यक्ष ।                                                                           – केन्द्रिय अध्यक्ष, राष्ट्रिय महिला किसान महासंघ ।
– नेपाली काँग्रेस नगर समिति कोषाध्यक्ष, १२ औं महाधिवेशन ।
– नेपाली काँग्रेस, केन्द्रीय संगठन विभाग पदाधिकारी, २०७६
– नेपाल महिला संघ, केन्द्रीय सदस्य ।
– स्थानीय चुनाव २०७४ मा भक्तपुर नगरपालिकाको उप–प्रमुखका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार हुनुभएकी ।

– नेपाली काँग्रेस, निर्वाचित केन्द्रीय कार्यसमिति सदस्य (१४ औं महाधिवेशन, २०७८)
– नेपाली काँग्रेस, १४ औं महाधिवेशन प्रतिनिधि, १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित महासमिति सदस्य ।

व्यवसायिक जीवन तथा समाज सेवा ;

उनी विभिन्न संघसंस्थाहरूमा नीति तथा कार्यक्रमको निर्माण, व्यवस्थापन तथा नेतृत्वदायी भूमिकामा करिब एक दशकको अनुभवी हुनुहुन्छ । कृषि, पर्यटन, उद्योग व्यवसायमा करिब दुई दशकको कार्य अनुभव संलग्नता रहेकी अवालले सन् २००१-२००२ सम्म भक्तपुर क्याम्पसमा समाजशास्त्र / मानवशास्त्र विषयमा अध्यापन समेत गरेकी थिईन् । महिला सीप तथा जीविकोपार्जन, क्षमता विकास, लैंगिक सशक्तिकरण, नेतृत्व विकास तथा महिला सशक्तिकरण सम्बन्धी विविध व्यवसायिक तथा सामाजिक कार्यक्रम सन्चालन/प्रशिक्षण सन्चालन, लैंगिक सशक्तिकरण, नेतृत्व विकास तथा महिला सशक्तीकरण आदि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मन्च तथा नेटवर्कमा करिब एक दशकदेखिको कार्य अनुभव/संलग्नता समेत उनमा रहेको छ ।

२०७२ सालको महाभूकम्प तथा कोभिड १९ बाट प्रभावित व्यक्ति/परिवारहरूको सहयोगार्थ स्वास्थ्य, सरसफाई, पोषण आदि सम्बन्धमा विविध समाजिक संस्था तथा क्लबहरू (रोटरी, लायन्स) द्वारा सन्चालित राहत वितरण, चेतनामूलक कार्य तथा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय स्वयम् सेवीको रुपमा सेवा तथा संयोजनको भूमिका पनि उनले निर्वाह गरेकी थिईन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार