तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” २५ गते प्रिमियर शो हुने

  जन्मभूमि संवाददाता

काठमाडौं
जिम्बा फिल्मस प्रा.लि.को ११ औं प्रस्तुति रहेको तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” को यहीँ भदौं २५ गते
शनिबारका दिन बिहान ११ बजे चलचित्र विकास बोर्डको हल चाबहिलमा प्रिमियर शो हुने भएको छ । तिङला पुजु, तिङला नङसल लगायतका थुप्रै सफल चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक निमा लामा तामाङको निर्देशनमा बनेको यस चलचित्रमा नायक कृष्ण लामा, नायिका अबिना गोले, नव नायक अजेश लामा, नवनायिका निर्मला लामा, सुनलाल वाईबा, केबी मोक्तान, पेमा योन्जन लगायतका कलाकारहरुको अभिनयलाई हेर्न सक्नेछन ।
यस चलचित्रका निर्माता पेमा योन्जन हुन भने सह निर्माता मीन कुमार वाईबा रहेको छ । चलचित्रका कथा तथा पटकथा
निर्देशक निमा लामा तामाङले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा विशाल काल्तान, सुमिना लो, सबिन मोक्तान, जितु लोप्चन, अन्जु थोकर लगायतका गायक गायिकाहरुले स्वर भरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार