पत्रकारीता हुँदै जनप्रतिनिधि भएका २ उपाध्यक्ष सहित अन्य ५ सम्मानित

मुख्य मन्त्री पाण्डेको उपस्थितिमा तामाङ पत्रकार संघ बागमती प्रदेशद्वारा सम्मान

  जन्मभूमि संवाददाता

काठमाडौं
२८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ बागमती प्रदेशले “सम्मान तथा बागमती प्रदेशमा तामाङ भाषाको रेडियो कार्यक्रमको अवस्था, अवसर र चुनौती” विषयक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा संघमा आवद्ध रहँदै गर्दा जनप्रतिनिधिको रुपमा विजयी भएका २ उपाध्यक्षलाई सम्मानित समेत गरेका छन् ।

तामाङ घेदुङको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संघको बागमती प्रदेश सचिवालय सदस्य सरु लामा तामाङ र दिव्य दर्शन टेलिभिजन धादिङका पत्रकार सीता च्योथेन सम्मानित हुनुभएको हो । तामाङ सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित हुन् भनें च्योथेन धादिङ नेत्रवाती गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् ।

उहाँहरु संगै संघले अन्य विभिन्न पत्रकार संबद्ध भातृसंगठनहरुमा निर्वाचित ५ पत्रकारहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रम बागमती प्रदेशको माननीय मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता एवं संघको अध्यक्ष अर्जुन तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
मुख्यमन्त्री पाण्डेका अनुसार तामाङहरुले गुम्बा बनाउन र घेवा गर्न लाग्ने खर्च शिक्षा आर्जनमा लगाउन सुझाएका छन् । उनका अनुसार त्यसलाई तामाङ समुदायमा गुम्बा र घेवा संस्कृति व्यापक भएको उल्लेख गर्दै उनले शिक्षामा जोड दिए विभेदको बार भत्कने तर्क राख्नु भएका थिए । शिक्षा र सीप विकास गर्न सके जातीय विभेद पनि भत्काउने र एकले अर्कोलाई होच्याउने काम समेत निर्मुल हुने बताएका थिए । साथै तत्कालिन राज्यसत्ता संग सत्ताको निमित संघर्ष गर्ने क्रममा विभिन्न जात-जातीका संगठन विस्तारमा आफ्नो पनि अहम भूमिका रहेको खुलासा समेत गर्नु भएको थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार