२८ औं तामाङ प्रसारण दिवसको अवसरमा अग्रज तामाङ पत्रकार सम्मान तथा अन्तरक्रिया सम्पन्न

संघले जिल्लाको पहिलो पत्रकार ङेम्लिङ लामालाई विशेष सम्मान गरेका छन् ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
२८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले एक कार्यक्रम सम्पन्न गरेका छन् । संघले “अग्रज तामाङ पत्रकार सम्मान तथा तामाङ पत्रकारहरुको अवसर, चुनौती, वर्तमान अवस्था तथा भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम जिल्लाको सदरमुकाम चौतारा स्थित बुद्धपार्कमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गरेका हुन् । त्यस्तै सोही अवसरमा जिल्लाका पहिलो तामाङ पत्रकार ङेम्लिङ लामालाई अग्रज पत्रकारको रुपमा विशेष सम्मान गरेको छ ।

संघका जिल्ला अध्यक्ष प्रितम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बुद्ध योन्जनको प्रमुख आतिथ्यता र बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि बुद्ध योन्जनले संघियता पछि पत्रकार तथा सञ्चार गृहहरुको लागि अवसर धेरै भएको बताउनुभयो । ”स्थानीय निकायहरु संग समन्वय गरेर काम गर्न सक्यो भने संघियता पछि पत्रकारहरुको लागि अवसर नै अवसर रहेको उहाँले बताउनुभयो । साथै पेसागत रुपमा काम गर्दै जाँद विभिन्न समस्याहरु आइपर्ने र त्यस्ता समस्या समाधानका लागि संघ सङ्गठन आवश्यक पर्ने भएकोले सबै पेशागत पत्रकारहरु संगठनमा आवद्ध हुन जरुरी रहेको सुनाउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि सरु लामा तामाङले संघलाई अघि बढाउन स्थानीय तहहरु संग समन्वय गर्न आवश्यक रहेको र यसका लागि संघ संग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । सम्मानित हुनुभएका संघका सल्लाहकार लामाले यो पेसा आर्थिक रुपले सबल बन्ने नभई ब्यक्तित्व बिकास र सामाजिक प्रतिष्ठाको लागि गरिने पेसा भएको बताउनुभयो ।

कार्यक्रमका सभापति प्रितम तामाङले सबैको अनुभवहरु साटासाट गर्नपाएकोमा आजको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । संघले शान्तिका अग्रदुत गौतम बुद्धको काखमा आफ्नो पहिलो कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार सुनिता लामालाई भदौ १ गते संघीय समितीद्वारा काठमाडौंमा सम्पन्न हुन गैरहेको प्रसारण दिवसमा तामाङ मिडिया अवार्डका लागि सिफारिस गरेको अध्यक्ष तामाङले स्मरण गराए । उक्त कार्यक्रममा केन्द्रिय पार्सद कमला पाख्रीन, प्रदेश पार्शद शान्ति थिङ, प्रदेश सदस्य मानकाजी पाख्रीन लगायतको सहभागीता रहेको कार्यक्रममा उपाध्यक्ष अस्मि स्याङ्तान कमलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नुमा पाख्रीनले सञ्चालन गर्नुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार