अभियन्ता केशरी थिङ तामाङको नयाँ कोसेली “सिन्धु त पाल्चोक लेकैमा” विमोचन

  प्रीतम कुमार तामाङ

काठमाडौं
विगत वर्षौं देखि सामाजिक कार्यहरुमा निरन्तर लाग्दै आएका सामाजिक अभियन्ता केशरी थिङको तेस्रो गीति कोसेली “सिन्धु त पाल्चोक लेकैमा” आज विमोचन भएको छ । नेपाली काँग्रेसका सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाको प्रमुख आतिथ्यता, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा र बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङको विशेष आतिथ्यतामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

विमोचन भएको यस गितमा विशाल पाख्रिनको शब्द‚ संगित र स्वर तथा गायिका केशरी थिङको आवाज रहेका छन् ।
भिडियोमा बाबू शेर्पा, केशरी थिङ, लह्साङ शेर्पा‚ अजिता राना मगरले फिचरिङ गरेका छन् । निर्देशक रुपेश योन्जनद्वारा निर्देशित भिडियोमा निशल योन्जनद्वारा सम्पादन गरेका हुन् ।

सिन्धुपाल्चोको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएका भिडियो छायाङ्कन रुणित विसुङ्खेले गरेका हुन् । सामाजिक अभियन्ता थिङ पछिल्लो समय समाजसेवा संगै गीतसङ्गितमा पनि त्यति नै अब्बल देखिदै आइरहेको छ । ‘राम्रि तरुणी’ गितबाट चर्चा कमाएकी थिङको यो पछिल्लो म्युजिक भिडियो हो ।

प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला उपसभापति लामाले मन्तव्य राख्दै भन्नू भयो, “गीत सङ्गीतले सबैको भावनालाई कदर गरेको हुन्छ ।” यसले दुखमा पनि सुखमा पनि साथ दिने उनले बताए । लामाले सिन्धुपाल्चोकको चेलीले यहाँका स्थलहरुको छायाङ्कन र बयान गरेका पर्यटकको लागि प्रचारप्रसार समेत गरेको बताए ।

त्यस्तै भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पा‚ उपाध्यक्ष देछेन शेर्पा र वलेफी गाउँपालिक उपाध्यक्ष सरु लामा तामाङ लगायतले गीतका निर्माण पक्षलाई धन्यवाद दिँदै गीतमा सम्पूर्ण सिन्धुपाल्चोको परिवेश झल्किएको बताएका छन् ।
कार्यक्रममा तामाङ जुहारी कलाकार संघद्वारा ताम्बा गीतबाट अतिथिहरुलाई विशेष रुपमा स्वागत गरेका थिए । त्यस्तै अतिथिगणहरुलाई र मिडियाका महानुभावहरुलाई सम्मान समेत गरिएको छ ।                                                                           भिडियो ;   

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार