बलेफी ६ ब्वासेका तामाङलाई ठक्कर दिने ट्रीफर र सुमो विरुद्ध जाहेरी दिने तयारी

  जन्मभूमि संवाददाता

काभ्रे, धुलिखेल
हिजो राती अन्दाजी रातको ८:४५-९:१५ बजेको समयमा भएको भयानक दुर्घटनाबाट मृत्यु भएका फुलकाजी तामाङलाई ठक्कर दिएको आरोपमा १ ट्रीफर र १ सुमो विरुद्ध जाहेरी दिन पीडित पक्षले तयारी गरेको छ । बलेफी ६ ब्वासेका वर्ष २९ का तामाङ हिजो पनौती खट्पुमा साथीलाई भेटेर फर्किने क्रममा सुमोले ठक्कर दिई लडेको र टृफरले ठक्कर दिएको घटनालाई उदृध गर्दै आफन्तजनले बताए ।

उनि बा.७३ प. ७५०२ नं. को बाईकमा पनौतीबाट बनेपा तर्फ आउँदै गर्दा विपरीत दिशाबाट बा. ८ च. ११२८ नं. को टाटा सुमोले ठक्कर दिएको चालकबाट खुल्न आएको डिएसपी हरि खतिवडाले जनाए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा
मृतक आएको दिशाबाट संगसंगै आएको बा. ३ ख. ४५३४ नं. को ट्रीफरले लडेको तामाङलाई पुनः ठक्कर दिएको हुनसक्ने आशंका प्रारम्भिक अनुसन्धानमा देखिएकोले चालक सहित दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि जनाए ।

पीडित पक्ष जाहेरी दिने तयारीमा
मृतक तामाङलाई ठक्कर दिने सुमो चालकले गल्ती स्वीकार गरेपनी नियन्त्रणमा लिएको टृफरवालाले जिम्मा नलिँदा पीडित पक्षले जाहेरी दिनुपर्ने अवस्था आएको छ । प्रहरीका अनुसार जाहेरी पश्चात् थप अनुसन्धान गर्ने बाटो खुल्ने बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार