बेपत्ता विमान दुर्घटना ग्रस्त भेटिए, २२ यात्रु सवार थिए

  जन्मभूमि संवाददाता

आज बिहान देखि सम्पर्क बिहिन भएको तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए ।

पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य १९ जना गरि २२ जना सवार थिए । सवार यात्रु मध्ये एकै परिवारका ७ जना समेत परेका छन् ।                                                                                    हराइरहेको विमानमा सवार यात्रु
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर गोले
३.पुरुषोत्तम गोले
४. राजन कुमार गोले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाया तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार