
सिन्धुपाल्चोक
जुगल गाउँ पालिकामा गठबन्धनको विजयी भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस बीच गठबन्धन भै चुनावमा होमिएको थियो । जसमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा युवा नेता रेशम स्याङ्बो र उपाध्यक्ष पदमा काँग्रेसका हिमाल श्रेष्ठ उम्मेदवार थिए ।
अध्यक्षमा स्याङबोले ५५७२ मत ल्याई विजयी भए भनें उनका प्रतिद्वन्द्वी एमालेका जयबहादुर लामाले ४४१५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा कांग्रेसका हिमाल कुमार श्रेष्ठले ४७६८ ल्याई निर्वाचित हुनुभएको छ । श्रेष्ठलाई पछ्याउँदै उनका प्रतिद्वन्द्वी एमालेकी उपप्रमुख उम्मेदवार सुनिता थापा लामाले ३७०७ प्राप्त गरेकी छिन ।
त्यस्तै ७ वटा वडा रहेको जुगलमा १ मा जनक लामा, ६ मा टंक तामाङ, ७ मा रवि लामा नेपाली काँग्रेसबाट निर्वाचित भएको छ । त्यस्तै २ मा चन्द्रकाजी तामाङ, ३ मा लक्ष्मण दोङ, ४ मा प्रेम तामाङ र ५ मा रविन्द्र घिमिरे एमालेबाट वडा जितेका छन् ।