काठमाडौं
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि निर्वाचन आयोगले आवश्यक कागज पत्र तोकिएको छ । आयोगले तोकिएको कागज पत्रमा वडा अध्यक्ष र वडा सदस्यले नेपाली नागरिकताको प्रतिलिपी, धरौटी राखिएको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रधान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम भएको निस्सा, उम्मेदवारको स्व घोषणा आवश्यक पर्ने छन् ।
त्यस्तै, दलित महिला वडा सदस्यका लागि नेपाली नागरिकताको प्रतिलिपी, धरौटी राखिएको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रधान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम भएको निस्सा, उम्मेदवारको स्व घोषणा र सम्बन्धित गाउँ पालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदाय भएको प्रमाणित निस्सा उम्मेदवारको स्वघोषणा आवश्यक पर्ने छन् ।