काठमाडौं
निर्वाचन आयोगले बैशाख ३० गते हुने चुनावमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि धरौटी रकम तोकिएको छ । आयोगले तोकिएको धरौटी रकममा स्थानीय तहका अध्यक्ष वा उपाध्यक्षले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ ।
त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ (१५००) र सदस्यले पाँच सय रुपैयाँ (५००) धरौटी राख्नुपर्ने हुन्छ भने महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट दिइएको पनि आयोगले जनाएको छ ।