बैशाख १ गते नयाँ वर्षका दिन ॐ पार्क जाऔं, पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याऔं

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
आउँदै गरेको नयाँ वर्ष २०७९ साल बैशाख १ गतेका दिन ॐ पार्क मा “पर्यटन प्रबर्द्धन, जन्मभूमि मिडियाको अभियान !” भन्ने मुल नाराका साथ “प्रथम जन्मभूमि सम्मान तथा नयाँ वर्ष २०७९ बृहत ॐ पार्क साँस्कृतिक मेला” हुने भएको छ । विशेष गरि सिन्धुपाल्चोकको उत्तरी भेगमा पर्ने निर्माणाधीन ॐ पार्क नेपाल वरिपरि रहेका ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थललाई विश्वसामु चिनाउने उद्देश्यका साथ जन्मभूमि मिडिया प्रा.लि. ले आयोजना गरेको कार्यक्रम भव्य अनि सभ्य रुपमा मनाउन सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

१) कार्यक्रमको पृष्ठभुमि
जन्मभूमि मिडिया पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्ने विषयमा प्रचारप्रसारको माध्यमबाट स्थापना काल देखिनै निरन्तर लाग्दै आएको छ । कुना, काप्चा अनि ओझेलमा परेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय हिसाबले चिनिने स्थानहरुलाई प्रचारप्रसार गर्दै विश्व सामु पुर्याउनु हाम्रो मिडियाको दायित्व समेत हो । यस्तैमा हाम्रो यस मिडियाले यहि २०७९ साल बैशाख १ गते नयाँ वर्षका दिन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ७ मा पर्ने तथा बलेफि गाउँ पालिका र जुगल गाउँ पालिकाको त्रीसंगम स्थलमा अवस्थित धार्मिक एवं पर्यटकीय महत्व बोकेको ॐ पार्कलाई बृहत साँस्कृतिक मेला मार्फत एक पर्यटकीय हबको रुपमा चिनाउने मुल उद्देश्यका साथ “पर्यटन प्रबर्द्धनका लागि, जन्मभूमि मिडियाको अभियान !” नारा सहित प्रथम जन्मभूमि सम्मान तथा नयाँ वर्ष बृहत ॐ पार्क सांस्कृतिक मेला आयोजना गर्न गैरहेका छौं । जसमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानीय मौलिक लामा नाच, बोन्बो नाच, खन्दोके सेलो, टुंना एवं डम्फुको बेजोड मौलिक प्रस्तुति समेत रहनेछ । विगतका दिनहरुमा वरिपरिका गाउँ, घरबाट नघन्य मात्रामा यस स्थलमा घुम्न आउने गरेको भएतापनी हाम्रो यस मेलाले हजारौं आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गराउने छ । यस मेलाले अझै सोचेको जस्तो चर्चा पाउन नसकेको ॐ पार्क विश्व सामु परिचित हुने विश्वास लिएका छौँ ।

    के-के छन् ॐ पार्कमा
क) धनलक्ष्मी माता गुफा
ॐ पार्क को नाम सुन्ने धेरै भएतापनी त्यहाँ पुग्ने कमै मात्र छन् । ॐ पार्क वरिपरि कुन कुन पुरातात्त्विक एवं धार्मिक केन्द्र छन् ? भन्ने कुरा समेत धेरैलाई थाहा नै छैन । ॐ पार्क मै पर्ने एक महत्वपूर्ण धार्मिक केन्द्र हो धनलक्ष्मी माताको गुफा । यो अत्यन्तै कलात्मक अनि आश्चर्य लाग्दो आकृतिमा अवस्थित रहेको छ । जहाँ पवित्र मनले दर्शन गरेमा धन लाभ हुने विश्वास छ ।

ख) भृकुटी बिसौना
यहाँ ऐतिहासिक भृकुटी बिसौना समेत छ । जुन हाल संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । जानकार स्थानीयहरुका अनुसार नेपालकि चेली भृकुटी तिब्बतका राजा  श्रङ्चङ् गम्पो संग विवाह गर्ने क्रममा यहि बाटो हुँदै भोट जानुभएको थियो र यहि बिसौनामा बसेर यात्रा तय गरेको किंवदन्ती अझै छ ।

ग) ॐ पार्क नेपाल
दक्षिण एसियाकै सबैभन्दा ठुलो अनि अग्लो ॐ को प्रतिमुर्ति स्थापना गर्ने मुल उद्देश्यका साथ ॐ पार्क निर्माणाधीन छ । धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो पार्क अर्थात स्थलबाट दर्जनौं हिमशृङ्खलाहरु नजिकैबाट हेर्न सकिन्छ । जसमा जुगल, लाङ्टाङ, गौरीशंकर देखि सगरमाथा समेतलाई अवलोकन गर्न सकिन्छ । यति मात्र हैन यहाँबाट चिनको ल्हासा बजार मज्जाले हेर्न सकिन्छ ।

२) कार्यक्रमको उद्देश्य ;
“प्रथम जन्मभूमि सम्मान तथा नयाँ वर्ष २०७९ बृहत् ॐ पार्क साँस्कृतिक मेला” सुरुवात गर्नुको कारण सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने ॐ पार्क नेपाल अझै ओझेलमा परेको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो । यो स्थान समुन्द्री सतहदेखी करिब २५०० मिटरको उचाईमा अवस्थित छ । हालसम्म आन्तरिक पर्यटकको रुपमा नयाँ वर्षका दिन मेला एवं घुमघामका लागि केहि आन्तरिक पर्यटकहरु मात्र आउने गर्दछन् । जहाँ साँस्कृतिक मेला गर्दै गर्दा त्यहाँ उपस्थित हुनु हुने पर्यटक तथा भक्तजनको संख्या हजारौं हुनेछ । सो मार्फत हामीले ॐ पार्क भित्र र यदको वरिपरि रहेको पुरातात्त्विक, धार्मिक, पर्यटकीय स्थलहरुको खोजी गर्ने, यसको बारेमा यसको महत्व एवं विशेषतालाई अझै उजागर गर्ने सुनौलो अवसर हुनेछ । त्यस्तै मौलिक प्रस्तुतिहरुले यस भेगको ऐतिहासिक मौलिक कला, संस्कृति झल्किने भएकोले पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्नेछ ।
जसले गर्दा यस भेगमा पर्ने दुर्गम एवं पर्यटकीय ठाउँको रुपमा परिचित गराउन सक्ने गाउँहरु गुम्थाङ, गलंसा, देउराली, घुँडे, सिमासिङ, धुस्कोट, याङ्लाकोटमा समेत आन्तरिक एवं बाह्य पर्यटक आवतजावत हुने स्थलको रुपमा चिनाउन सहयोग पुग्नेछ । यसले गर्दा स्थानीय होम-स्टे लाई प्रबर्द्धन गर्न सकेमा आर्थिक उपार्जन देखि  स्थानीय कृषि उत्पादनहरुको बिक्री वितरण बढ्ने पक्का छ । त्यसैले पनि हाम्रो मुल नारा नै “पर्यटन प्रबर्द्धन, जन्मभूमि मिडियाको अभियान !” राखेका छौँ । यस महान अभियानको सुरुवातका लागि यहाँहरुको अमुल्य साथ, सहयोग रहनेमा आशावादी रहेका छौँ ।

३) कार्यक्रमको विवरण ;
स्थान : ॐ पार्क डाँडा
मिति : २०७९/०१/१० गते बिहिवार
समय : बिहान १०:०० बजे देखि दिउँसो ५:०० बजे सम्म

४) कार्यक्रमको विशेष आकर्षण ;
– ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति
– स्थानीय मौलिक संस्कृति झल्किने लामा नाच, बोन्बो नाचका प्रस्तुतीहरु
– स्थानीय मौलिक खान्दोके सेलो, स्याप्रु नाच प्रस्तुति

६) विविध ; भनिन्छ एक थुकी सुकि, हजार थुकी नदि, एक्लैले केही गर्न सम्भव छैन । तसर्थ यो सानो अभियानमा यहाँको व्यक्तिगत एवं संस्थागत तर्फबाट सकेको सहयोगको अपेक्षा गर्दछु ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार