के भुवन केसीले काठमाडौंको मेयरमा जित्लान् ?

  जन्मभूमि संवाददाता

काठमाडौं
चर्चित अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने भएको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा केसीले आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् । उनले उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरको पदमा उठ्ने भएको छ ।

उनले उम्मेदवारी घोषणा संगै आफुले काठमाडौंबासीलाई पुर्याउन सक्ने योगदानको बारेमा केही बिश्वास दिलाएका छन् । जसमा महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने बताएका छन् ।

खुल्ला किताब चुनाव चिन्ह लिएर उनले उम्मेदवारी दिँदै गर्दा के उनले जित्लान् ? भन्ने प्रश्न सबैको मनमा छाएको छ नै । यस्तैमा उन्नत लोकतान्त्रिक पार्टीको अवधारणा जनताले जिताएको उम्मेदवारले राम्रो काम नगरेमा रिजेन्ट र रिकल गर्ने अधिकार समेत जनतामा रहेको बताउँदै आएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार