सिन्धुपाल्चोक, मानेश्वारा
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा अत्यन्तै दु:खद घटना घटेको छ । स्थानीय लामा टोलमा मीन बहादुर तामाङको घरमा ग्यास पड्किदा ३ अबोध बालबालिकाको ज्यान गएको हो । आज बेलुकी करिब ७ बजे तिर तामाङको घरमा खाना पकाउन राखिएको ग्यास पड्केर आगलागी भएको थियो ।
इलाका प्रहरी बाह्रबिसेलेका अनुसार आगलागीमा परेर मीन बहादुरकै छोरा १० वर्षीय इशाक तामाङ, उनका भाई कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको बताए ।