टिकटकले समाजमा पार्ने असरको बारेमा टिकटक हेरेर गित यस्तो बन्यो ( भिडियो )

गायक सन्तोष गोले र जितु लोप्चनको आवाजमा टिकटक हेरेर सार्वजनिक

  जन्मभूमि संवाददाता

काठमाडौं
नव गायक सन्तोष गोले र चर्चित गायिका जितु लोप्चनको टिकटक हेरेर गितको भिडियो सार्वजनिक भएको छ । शुक्रबार बौद्ध स्थित सेकुवा जक्सनमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्यता रहेको थियो ।

वर्तमान समयमा समाजमा भाइरल एप्सको रुपमा लिइएको टिकटक हेरेर बोलको गितमा टिकटक ले र पब्जीले समाजका युवा पुस्तामा पारिरहेको असरको बारेमा भिडियो बनेको छ । धनराज तामाङको शब्द रहेको गितमा कुन्साङ लोप्चनको संगित,  एरेन्ज नोर्बु शेर्पाले गरेका छन् । गितको मिक्सिङ सानुबाबु घिसिङले फ्याफुल्ला स्टुडियोमा गरेका हुन ।

भिडियोको निर्देशन सुर्य लामा दोङले गरेका हुन भनें रोनिस तामाङले छायांकन गरेका छन् । अभिनयमा सुस्मा मोक्तान र सन्जिब गोलेलाई देख्न सकिन्छ । भिडियोको सम्पादन कृष्ण ब्लोनले गरेका छन् । भिडियो डम्फु मिडिया को युट्युब च्यानलमा हेर्न सकिन्छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार