काठमाडौं
गायक एवं सुई देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सोमबार युट्युबबाट सार्वजनिक भएको गीतको शब्द राजकुमार दोङ तामाङ र सङ्गीत संयोजन र संगीत भर्ने काम बुद्ध स्याङ्बाले गरेका हुन् । बरिस्ठ गायिका इन्दिरा गोलेले तामाङलाई स्वरमा साथ दिएकी छिन् ।
भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गङ्गा घलान‚ कमला तामाङले अभिनय गरेका छन् । यस्तै भिडियो निर्देशन‚ छायाङ्कन र सम्पादन सुमन तामाङले गरेका हुन् । गीतमा भनिएको अनुसार प्रेमीले प्रेमिकालाई पिरती जोड्ने प्रयास गरिएको छ ।
सडक विभाग क्षेत्रीय कार्यालय पोखराको प्रमुख सुई तामाङले दर्शक श्रोतामाझ न त आँखा थाक्छन् कहिल्यै…, अब पक्कै…, जहाँ जहाँ बिझे पनि…, कति कुरा यहाँ गाइसकेका छन् ।
भिडियो ;