गायिका निर्मला घिसिङलाई शिरफुल ल्याईदिने को होला ? (भिडियो हेर्नुहोस्)

  प्रीतम कुमार तामाङ

काठमाडौं
लोकप्रिय गायिका निर्मला घिसिङको सेलो कोसेली “शिरफुल” सार्वजनिक भएको छ । यस अघि घिसिङले दरबन्दीबाट सेलो पारखीहरुको मन जित्न सफल भएको थियो । आज पत्रकार सम्मेलन गर्दै युट्युब मार्फत सार्वजनिक गरिएको शिरफुलको भिडियो निकै उत्कृष्ट बनेको छ ।

पदम मोक्तानद्वारा कोरिएको गितको शब्दहरुमा च्याङ्बाको यादमा डुबेकी मैच्याङको कथालाई विशेष गरि समेटिएको छ ।

सिङ्गिङ रियालिटी शो द भोईसमा समेत आफ्नो छुट्टै पहिचान राख्न सफल गायिका घिसिङ निकै सुमधुर आवाजकी धनी हुनुहुन्छ । उनको यस अघिका गित ओई च्याङ्बा सर्वाधिक सफल सेलो गितमा गनिन्छ । उनले यस अघिका गितहरुलाई जस्तै श्रोता दर्शकहरुले यो गितलाई पनि मनपराउनेमा आशावादी रहेको सुनाईन ।

गित संगितलाई निरन्तर पेशाकै रुपमा लिएकी उनी यस क्षेत्रमा सफल हुनका लागि साधनाको आवश्यक रहेको बताउँछिन् ।

सेलो सम्राटको उपमा पाएका वरिष्ठ गायक चन्द्रकुमार दोङद्वारा संगितबद्द शिरफुल सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ राख्नु हुँदै दोङले गायिका घिसिङ स्वरको दुनियाँमा निलकमलको रुपमा आफुले लिएको बताउनुभयो । यस गितको निर्माणकर्ताले पहिचान नखुलाउन गितको टिमलाई आग्रह गरेकोले उनले नाम नखुलाई उहाँ प्रती नमन व्यक्त गरे ।

गितको संगित एरेन्ज फइन्द्र राईले गरेका हुन भने मिक्सिङ सुमन खड्काले गर्नुभएको छ । पर्पल स्टुडियोमा रेकर्ड गरिएको गितको निर्देशन, सम्पादन अजय स्याङ्तानले गरेका छन् । भिडियोको छायांकन बिक्रम मोक्तानले गरेका हुन् भने अभिनयमा निकै नै सुन्दरी मोडल रोहनि लामा र नरेन मोक्तान छन् ।

भिडियो गायिका निर्मला घिसिङकै युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार