प्रकाशको “स्याउ स्याउ नाना” मा तामाङ गायिकाहरु एकै ठाउँ (भिडियो हेर्नुहोस् )

  जन्मभूमि संवाददाता

काठमाडौं
दर्शक श्रोताहरुले अत्यन्तै रुचाएको सेलो गित “स्याउ स्याउ नाना” को फिमेल भर्जन यति बेला सार्वजनिक भएको छ । मेल भर्जनमा लोकप्रिय गायक प्रकाश तामाङ तितुङको स्वर रहेको गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायिकाहरुको स्वरमा पुनः लिएर आएका छन् ।

पछिल्लो समय सांगीतिक आकाशमा उदायमान गायक तितुङको प्रयासमा तामाङ जगतका प्रायः गयिकाहरु एकै गितमा अटाएको यो नै पहिलो र ऐतिहासिक भएको छ । गायक प्रकाशका अनुसार हामी तामाङ एक छौं र तामाङ एकता संधै रहिरहोस् भन्ने सन्देशका लागि यसरी गित लिएर आएको बताउनुहुन्छ ।

गायक प्रकाशले स्वर्गीय संगितकार गोपाल योन्जनको संगितलाई ताजागि गर्ने उद्देश्यका साथ स्याउ स्याउ नानालाई रिमेक गर्नुभएको थियो । जुन गितको शब्द संकलन बुद्धरत्न तितुङ र गायक स्वयम् ले गर्नुभएको छ । यस गितको मेल भर्जनलाई हाल सम्ममा १० लाख भन्दा बढी पटक हेरिसकेका छन् ।

फिमेल भर्जनको गितमा वरिष्ठ गायिका इन्दिरा गोले, शशिकला मोक्तान, बबिता पाख्रीन, निर्मला घिसिङ, जितु लोप्चन, सुमिना लो, अन्जु थोकर, रेश्मा बोम्जन, पुजा लामा, बिमला थिङ, सुजिता योन्जन, सृजना स्याङ्तान, लक्ष्मी स्याङ्तान र सुजना रुम्बाले स्वर दिएका छन् । गितको एरेन्ज प्रकाश तामाङ तितुङले नै गर्नु भएको छ । त्यस्तै दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ निर्मल कुमार लामा (भिमफेदी गाईज) को निर्देशनमा फराज अर्पणले छायांकन सम्पादन गरेका हुन् । भिडियोलाई प्रकाश तामाङ (तितुङ) युट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।

भिडियो

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार