काठमाडौं
कसैले थाहै नदिई झुक्याएर भिडियो खिचेर सामाजिक संजालमा हाले जेल हाल्ने चेतावनी गृह मन्त्रालयले दिएको छ । युट्युब कन्टेटका लागि ठट्टा गर्ने तरिकाले थाहै नदिई प्र्याङ्क भन्दै भिडियो हाल्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने भएको हो ।
बिहिवार मन्त्रालयले निकालिएको विज्ञप्तिमा कसैको सहमति वा अनुमती बिना तस्वीर समेत नखिच्न भनिएको छ । त्यस्तै अनुमती नलिई कुनै पनि माध्यममा प्रकाशन वा सार्वजनिक गरे प्रचलित कानुन बमोजिम दण्डित गरिने व्योहोरा विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
विज्ञप्ति ;