यस्तो बन्यो घुम्नलाई आउँदा २ ( भिडियो हेर्नुहोस् )

  जन्मभूमि संवाददाता

काठमाडौं
दर्शक श्रोताले निकै रुचाएको सेलो गित “घुम्नलाई आउँदा” को सिक्वेल भाग २ पनि बजारमा आएको छ । पहिलो पार्टलाई करिब ७ लाख ७८ हजार भन्दा बढि पटक हेरिसकेको छ । जसको सफलता पश्चात् भाग २ लिएर आएको यसै गितका सर्जक, गायक विश्व दोङले बताए ।

शब्द पासाङ डोमा पाख्रीनको शब्दमा सझिएको यस गितको संगित / एरेन्ज विश्व दोङ कै रहेको छ । उनलाई स्वरमा सुजिता योन्जनले साथ दिएकी छिन । गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन भनें सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोको निर्मात्री डोमा सिङ्दान ( हेलम्बुकी चेली) हुनुहुन्छ । अभि लामाले निर्देशन गरेको भिडियोमा लामा आफैँ र
अनिता गोले, पासाङ डोमा पाख्रीन, छिरिङ लामा ह्योल्मोले मुख्य भुमिका निभाएका छन् ।

साथै अतिथी कलाकारहरुमा अशोक तामाङ, फुलमान तामाङ, लक्ष्मी तामाङ, रुपा लामाले अभिनय गर्नुभएको छ । फराज अर्पणले छायांकन तथा सम्पादनको काम गरेका छन् भनें शृंगार दिया रिजालले गरेको हो ।

आन्भी प्रोडक्सनको नवौं प्रस्तुती रहेको यस गितको भिडियो आन्भी प्रोडक्सनकै युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार