काठमाडौं
कोरोना संक्रमण तिब्र बढ्दै गएको बन्दै आज बसेको सीसीएमसीको बैठकले भोलि देखि नै कार्यान्वयन हुने गरि माघ १५ सम्म विद्यालय बन्द गराउने निर्णय गरेको छ । त्यस्तै माघ ३ देखि भिडभाड धेरै हुने सार्वजनिक स्थानहरु जस्तै फिल्म हल, पार्क, रेस्टुरेन्ट र सपिङ मलहरुमा जाँदा खोप कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।
सार्वजनिक भिडभाड स्थलहरुमा एन्टिजेन टेष्ट बुथ राख्ने समेत निर्णय भएको सीसीएमसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभएको छ । उनका अनुसार
सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको बताए । बैठकले २५ भन्दा बढी उपस्थित हुने भेला महोत्सव नगर्न समेत आग्रह गरिएको छ । यदि गर्नु परेमा जिल्ला प्रशासनको स्वीकृती लिएर मात्र गर्न सकिने छन् ।