युवा नेता दिल कुमार लामाले एमाले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँ पालिका ७ सिन्धुपाल्चोकका जननिर्वाचित वडा अध्यक्ष दिल कुमार लामाले एमालेको ९ औं जिल्ला अधिवेशनका लागि जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामाले लामो समयदेखी पार्टीको भातृ संगठन युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य समेत रहेर काम गरिसक्नुभएको छ । १ दशक भन्दा बढी उहाँले आफ्नो उर्जाशिल समय पार्टीका लागि खर्चिसक्नुभएको छ ।

अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन गर्नुपर्ने धारणा सहित आफ्नो उम्मेदवारी एमाले जिल्ला कमिटीलाई थप सशक्त, मजबुत बनाउन रहेको दावी उनले गरेका छन् । जसका लागि सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट पार्टीको जिल्ला सम्मेलन सफल पार्न चुनिनुभएका जिल्ला सम्मेलन प्रतिनिधिहरु, पार्टीका अग्रज नेतागणहरुमा हौसला रुपि साथ र निर्वाचन प्रक्रिया भएमा अमुल्य मतदान गर्नुहुन हार्दिक अपिल गरिएको छ ।

लामाले पार्टीको हित र सामाजिक हितमा सदैव लागिरहेको र अबको दिनमा पनि लाग्ने प्रतिबद्धता समेत जनाउनुभएका छन् । यहि पौष २३ गते बाह्रबिसेमा जिल्लाको अधिवेशन सम्मेलन हुँदै छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार