गायक प्रकाशले ल्याएको “छामेला सोईनाम” को अर्थ के हो ? (भिडियो)

  सरु लामा तामाङ

काठमाडौं
लोकप्रिय गायक एवं संगितकार प्रकाश तामाङ तितुङको नयाँ सेलो “छामेला सोईनाम” सार्वजनिक गरेको छ । गाउँघरमा जिस्किँदै बोल्ने शब्दलाई नै गितको शिर्षक बनाएका छन गायक तितुङले । जसको मतलब छामेला अर्थात् “तरुनिको” सोईनाम अर्थात् “भिक्षा” । दुवैलाई एकै ठाउँ मिलाउँदा भिक्षामा केटि माग्ने जस्तो हुन आउँछ । हो, यस्तै ठट्यौली शब्दहरुबाट सझिएको गितलाई गायिका अस्मिता रुम्बाले तितुङलाई साथ दिएकी छिन् ।

मोक्तान डिजिटलको अफिसियल युट्युबबाट बजारमा ल्याएको गीतको बोल सुन्दा नौलो लाग्ने खालको छ ।

गायक तथा संगितकार प्रकाश तामाङ तितुङको शब्द संगीतमा रहेको गीतको भिडियोलाई भिम्फेदि गाईजका निर्मल कुमार लामा (बि.जि) ले निर्देशन गरेको हो ।

चाँद सिङको संगीत संयोजन, दिपेश प्रधानको ध्वनि सम्पादनमा तयार भएको गीतमा प्रकाश तामाङ तितुङ र अस्मिता रुम्बाको स्वर सुन्न सकिन्छ । गीत सरगम स्टुडियो बौद्धमा रेकर्डिङ भएको हो ।

भिम्फेदिको विभिन्न ठाउमा छायांकन भएको गीतको भिडियोमा भिम्फेदि गाईज संगै कलाकार अनिता गोलेको अभिनय र नृत्य देख्न सकिन्छ ।

भिडियोको छायांकन सम्पादन र रंग संयोजन पवन सुस्लिङले गरेका छन भने श्रृङगार सपना लम्सालले गरेकि हुन ।

नव गायिका अस्मिता रुम्बाको यो दोस्रो गीत हो । दोस्रो गीत भएता पनि पत्रकार सम्मेलनमा अस्मिता रुम्बाको सबैले खुलेर प्रशंसा गरे ।

प्रकाश तामाङ तितुङ संगको सहकार्यले आफुलाई खुब खुशि मिलेको बताउने गायिका रुम्बाले सबै स्रोता दर्शकलाई हेरेर राम्रो नराम्रो के लाग्यो टिकाटिप्पनि गरिदिन र मन परे सेयर गरिदिन अनुरोध समेत गरेका छन ।

गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको यो भन्दा अगाढिका आदि दर्जन गीतहरु स्रोता दर्शकले रुचाईसकेका छन । तिहारको सप्तरंगि भाई टीका, क्याम्साङ गैरिला आङिला जामे , सोनाम ल्होछार चु ह्याला छार्नालाई , स्याउ स्याउ नाना लगायतका गीतहरु प्रकाशका चरचित गीतहरु हुन ।

मकवानपुर जिल्लामा जन्मेका गायक प्रकाश तितुङ राम्रो गाउन सक्ने र राम्रो सृजना गर्न सक्ने प्रतिभाशालि ब्यक्ति हुन ।  आजको पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण भने नुमा पाख्रिनले गरेका थिए ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार