सिन्धुपाल्चोक
ने. क. पा. एमाले सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि केदार क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । यहि पौष २३ गते बाह्रबिसेमा हुन गैरहेको अधिवेशनमा बलेफी गाउँ पालिकाका अध्यक्ष समेत रहेका क्षेत्रीले दावी गरेका हुन् ।
उनले “जवजको मार्गदर्शन समाजवादको आधार, रुपान्तरण र समृद्धिमा एमाले हो मुल आधार” भन्ने नाराका साथ उम्मेदवारी अघि सारेका छन् । सिन्धु एमालेमा क्षेत्री प्रभावशाली युवा नेताको रुपमा लिईन्छ । यस अघि पनि संगठनको विभिन्न तहमा रहेर उनले काम गरेका छन् ।