गायक आस्मानलाई सांगीतिक आस्मानमा पुर्याउन सफल “बल्ल पो तामाङको हुल उठ्यो” २० लाख बढिको रोजाईमा

  सरु लामा तामाङ

काठमाडौं
सिन्धुपाल्चोक आसपासमा अत्यन्तै चर्चामा चल्ने मौलिक तामाङ भाका खान्दोके हिजो, आज गर्दै धेरै भन्दा धेरै दर्शक श्रोता माझ लोकप्रिय बन्दै गैरहेको छ । विशेष गरि गाउँघरमा मेलाजात्रा, बिहे, छेवारको परिधिभित्र मात्र रहेको मौलिक खान्दोके भाकालाई लाखौं दर्शक माझ ल्याउन गायक आस्मान लोप्चनले भुमिका निभाउनुभएको भन्दा फरक नपर्ला । उनै गायक लोप्चनलाई सांगीतिक आस्मान अर्थात् (सांगीतिक आकाश) मा पुर्याउन सफल गित हुन् “बल्ल पो तामाङको हुल उठ्यो” । यो गितको सफलता संगै युट्युबमा मात्र नभै स्टेजहरुमा निकैनै व्यस्त छन् लोप्चन ।

करिब ३ वर्ष अघि रिलिज गरिएको यस गितको भिडियोलाई आज २० लाख भन्दा बढी पल्ट हेरिएको छ । अर्थात 2M भ्युज क्रस भएको छ । यसै खुसियालीका क्रममा आज गित र भिडियोको टिमले केक काट्दै सफलताको खुशीयाली साटासाट गरे । खान्दोके मौलिक लयमा सझिएको यस गितको भिडियो समेत मौलिकताले भरिपुर्ण भएकै कारण यति धेरै दर्शकले रुचाएको स्वयम् गायक लोप्चन स्विकार्छन् । बिबाह होस् या छेवार अथवा मेलाजात्रा सबै तिर यो गित रोजाइमा अवस्य परेकै हुन्छ ।

तामाङ गित संगितमा मात्र नभै नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि भिडियो निर्देशन गर्दै आउनुभएका निर्देशक बुद्ध लामा तितुङको निर्देशनमा बनेको यस गितको भिडियो निर्माणमा भरपुर रुपमा मौलिकतालाई ध्यान दिईएको पाइन्छ । कार्यक्रमको अवसरमा निर्देशक तितुङले हाल मौलिक गितको भिडियो गित अनुसारको लोकेसन र कथा नभेटिने हुँदा भिडियो हेर्दा खल्लो महशुस हुँदै गएको धारणा राख्नुभयो । उहाँले मौलिक गितमा मौलिक किसिमकै भिडियो बनाउन सके हाम्रो मौलिकता संगै गित संगितको बजार अझै फराकिलो हुने भनाइ राख्नु भएको थियो ।

गायक आस्मान लोप्चनले खुसियाली साट्दै नेपालमा तामाङहरु १४ लाख हाराहारी मात्र छ भनिरहेको बेला एउटै भिडियो २० लाख बढीले हेरेको देख्दा साँच्चै तामाङ गित संगितलाई पनि माया गर्नेको कमि नभएको सुनाए । भिडियोको छायांकन रामेश्वर जिरेलले गरेका हुन् भनें अभिनयमा स्वयम गायक लोप्चन, प्रीतम गोले तामाङ, रन्जिता लामा, आस्मा लामा र बले तामाङ लगायतले अभिनय गरेका छन् । त्यस्तै सम्पादन दिपक तामाङले गरेका हुन् ।

भिडियो बृहत् तामाङ गाउँ सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ३ धुस्कोट गाउँमा छायांकन गरिएको हो । यस गितमा शब्द संगीत – आस्मान लोप्चन र एरेन्ज/मिक्सिङ दिपेश प्रधानको रहेको छ । यस गित पछिका आस्मानका चर्चामा छाउन सफल खान्दोके सेलोहरुमा वाला वाला रिबन, झिल्के खुवाली, यार्साली दोस्ती, आगो त बाल्ने धेरै दर्शक श्रोताले रुचाएका उत्कृष्ट गितहरु हुन् ।

यति धेरैले रुचाएको खान्दोके सेलो “बल्ल पो तामाङको हुल उठ्यो” भिडियो यस्तो छ ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार