गायक सन्तोष तामाङको “यारिम म्हुईला पञ्जी”मा ३ हस्तीको बेजोड अभिनय

  जन्मभूमि संवाददाता

काठमाडौं
सेलो गायक सन्तोष तामाङको बिल्कुलै नयाँ सेलो कोसेली “यारिम म्हुईला पञ्जी” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बौद्ध स्थित सेकुवा जक्सनमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त भिडियोलाई सबै माझ ल्याएका हुन् । नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्ष सन्जिव वाईबाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

विशेष गरि भिडियोमा तामाङ समाजको अभिनयको क्षेत्रमा नाम कमाईसकेका ३ नायकहरुलाई एकै साथ देखिएको छ । समग्रमा भिडियो मनोरञ्जनात्मक बनेको छ । सुपर स्टार अमिर दोङ, चर्चित नायक सन्दिप स्याङतान र नायक टुल्साङ लामाको बेजोड प्रस्तुतीले तामाङ म्युजिक भिडियो प्रेमीहरुका लागि खास हुने देखिन्छ ।

ताम्सालिङ मानव मोक्तानको ठट्यौली शब्दहरुमा सझिएको यस गितमा तामाङलाई स्वरमा साथ चर्चित गायिका जितु लोप्चनले दिएकी छन् । संगित संयोजन नोर्वु शेर्पाले गरेका हुन् भनें मिक्सिङ दिपेश प्रधानको रहेको छ । गितलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ निर्देशन तथा सम्पादन नायक दोङले नै गरेका हुन् । हेरुका लामाको कोरियोग्राफीमा चर्चित नायिका एवं मोडल सुस्मा मोक्तान, सबु गोले र सोनि गोलेको अभिनयलाई देख्न सकिन्छ । भिडियोको छायांकन, कलरिङ र ड्रोन जिग्मे मिडियाका बज्र न्यासुरले गरेका हुन् ।

निर्माण पक्षले तामाङ गित संगित प्रेमी सबैमा भिडियो हेरेर लाईक, शेयर, कमेन्ट गरिदिनुहुन विनम्र अनुरोध गरिएको छ । भिडियो डम्फु मिडियाको युट्युब च्यानलबाट हेर्न सकिन्छ । भिडियो :

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार