सिन्धुपाल्चोक एमालेको पालिका स्तरीय अधिवेशन अपडेट; ६ स्थानीय तहमा अझै बाँकी

  प्रीतम कुमार तामाङ

काठमाडौं
सिन्धुपाल्चोकमा नेकपा एमालेको १० औं पालिका अधिवेशन केहिमा समापन भए भनें केहिमा सहमती जुट्न सकेको छैन । १२ स्थानीय तह मध्ये ६ वटामा मात्र अधिवेशनबाट नेतृत्व चुन्न सफल भएका छन् । समापन भएकोमा बाह्रबिसे नगरपालिकामा ज्ञानेन्द्र राउत, ईन्द्रावती गाउँ पालिकामा शशीनाथ आचार्य, हेलम्बुमा बेनबहादुर पण्डित, बलेफिमा नारायण काजि श्रेस्ठ, लिसाँखु पाखरमा प्रदिप भन्डारी र सुनकोसीमा प्रेमलाल लामा निर्वाचित भएका छन् ।

अध्यक्ष चुनिसकेको ६ मध्ये ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन भए भनें लिसाँखुमा निर्वाचन नै भएको थियो । गाउँ कमिटी को अध्यक्ष पदमा प्रदिप भण्डारी र कुमार लामा बिच प्रतिस्पर्धा भएकोमा अध्यक्ष मा भण्डारी भारी मतले बिजयी भएको थियो । भण्डारी ले १२९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी लामा ले ९ मत मात्रै पाएका थिए ।

बाँकी ६ स्थानीय तह मध्ये भोटेकोसी, त्रिपुरा सुन्दरी र मेलम्चिमा अधिवेशन हुन बाँकी नै रहेको छ भनें जुगल, चौतारा साँगाचोक र पाँचपोखरिमा सहमति नभए पछि बन्द सत्र स्थगित भएको नेकपा एमाले श्रोतले जानकारी दिएका छन् ।   

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार