काठमाडौं
संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको तेस्रो सांगीतिक कोसेली “कम्मरै बाचिँदेउ न मैच्याङ” गीत सार्वजनिक भएको छ। उक्त गीतमा गायक अर्पण थिङले स्वर भरेका छन। संगीत र ऐरेन्ज पनि गायक थिङकै रहेको छ। त्यसै गरी गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन।
डिजिएस अनलाईन मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा तामाङ चलचित्र क्षेत्रका चर्चित नायक अमिर दोङ र कुमारी तामाङको अभिनय हेर्न सक्नुहुनेछ। यस गीतको भिडियो निर्देशन निमा लामा तामाङले गरेका हुन् भने क्यामेरा र सम्पादन विश्वास भण्डारीले गरेका छन् । साथै कलरिङको काम बज्र ङेसुरले गरेका छन।
भिडियो;