नेपाल तामाङ कलाकार संघको नयाँ नेतृत्व बिश्व दोङलाई

सबै कलाकारहरुलाई समेटेर अघि बढ्छु - अध्यक्ष विश्व दोङ

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ।” भन्ने नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक ढंगले सम्पन्न भयो । संघको १४ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति छनौट निर्वाचन प्रक्रियाबाट भएको छ । यस अघिका ६ अधिवेशन सर्वसम्मत तरिकाले नै अघि बढेकोमा सातौं अधिवेशनबाट लोकतान्त्रिक मतदानको ढंगबाट समापन भएको हो ।

२१ सदस्यीय कार्यसमिति हुनुपर्नेमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा विश्व दोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, उपाध्यक्ष विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचीव सुभाष मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो । निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका छन् । मतदानमा ३८ प्रतिनिधिबाट आफ्नो मताधिकार प्रयोग गरेको हो ।

निर्वाचन मण्डलका अध्यक्षमा काजिमान तामाङ, सदस्यद्वय प्रतीक न्यासुर र दिपेन्द्र दोङ रहनुभएको थियो । उहाँहरुले सर्वसम्मतका लागि अन्तिम क्षणसम्म प्रयास गरेपनी सहमति नजुटेपछी अन्तमा मतदान भएको हो ।

सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता गर्छु – बिश्व दोङ (अध्यक्ष)

सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष दोङले सन्तुष्ट अनि असन्तुष्ट सम्पुर्ण कलाकारहरुलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले तामाङ समुदायको लागि र कलाकारहरुको हकहितको लागि धेरै काम गर्नु भएकोले सबै संग छलफल, सहकार्य अनि सहमतिको आधारमा आफू अघि बढ्ने भनाइ राख्नु भएको छ ।

नयाँ खान्दोके सेलो बैलासी थेबा सुन्न क्लिक गर्नुहोस् ;

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार