शशिकला र कुमारको “तिम्रो साथ रहनेछु” को भिडियो युट्युबमा

काठमाडौं
गायक एवं सङ्गीतकार कुमार योञ्जन तामाङ र लोकप्रिय गायिका शशिकला मोक्तानको स्वरमा सझिएको ‘तिम्रो साथ रहनेछु’ को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
प्रकाश तामाङको शब्द रहेको गित
शनिबार तामाङ घेदुङको सङ्घीय सभा हलमा एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन् ।

गितको भिडियोमा गायक योञ्जन र मोडल सबु गोलेको अभिनय हेर्न सकिन्छ । भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन भने भिडियोको छायाङ्कन रोनिश तामाङले गरेका छन् । भिडियो ;

दोलखाको शैलुङ गाउँपालिकाका योञ्जनले विगत दुई दशकदेखि सङ्गीत क्षेत्रलाई निरन्तरता दिँदै आउनुभएको छ । त्यसैले पनि यो गित उत्कृष्ट सांगीतिक कोसेलीको रुपमा दर्शक श्रोता माझ चर्चा बटुल्ने पक्का छ ।

विमोचन कार्यक्रममा वरिष्ठ कलाकार जयनन्द लामाले यो गित गीतसङ्गीतको क्षेत्रमा नयाँ इट्टा थपिएकोमा शुभकामना दिए ।

त्यस्तै गायक एवं तामाङ कलाकार सङ्घका उपाध्यक्ष विश्व दोङले योञ्जन यस क्षेत्रमा पाको व्यक्ति रहेकोले प्रशंसा गरे ।

कार्यक्रममा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ डाजाङका फुलकुमार बमजन लगायतको उपस्थिति रहेका थिए । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार