
काठमाडौं
नेपाली काँग्रेस केन्द्रीय “बाढी पहिरो व्यवस्थापन समन्वय समिती” को संयोजकमा नियुक्त हुन साथै पुर्व मन्त्री बस्नेतले देशै भरका बाढीपहिरो पीडितहरु हर्षित हुने लोकप्रिय निर्णय गरेको छ । बस्नेतले नेतृत्व गरेको समितिले आजै एक विज्ञप्ति जारी गर्दै २०७८ सालको सुरुवात देखि बाढी र पहिरोमा परि निधन भएका देशैभरका प्रत्येक परिवारलाई जनही रु. २५ हजारका दरले दिने घोषणा गरेका हुन् । जुन निर्णयले देशैभरका बाढी पहिरो पीडितलाई ठूलो राहत मिल्ने भएको छ ।
बस्नेतलाई नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको असार ४ गते सम्पन्न बैठकद्वारा समन्वय समितिको संयोजक तोकिएको थियो ।

उहाँ नेपाली काँग्रेसका केन्द्रिय खेलकुद बिभाग प्रमुख समेत हुन् । नेता बस्नेतले कोभिडको संक्रमण तिब्र हुँदै जाँदा अक्सिजन नपाएर ज्यान गुमाईरहेका बेला सिन्धुपाल्चोक जिल्लामा जनता बचाउने अभियान स्वरुप १०० बेड अक्सिजन सहितको कोभिड केयर सेन्टर जिल्लाका विभिन्न स्थानमा तयार गर्नुभै जनप्रीय काम यस अघि नै गरिसक्नुभएको छ । यस्तैमा बाढी पहिरो पिडितका लागि समेत हर्षित हुने निर्णय गर्दै सरकारलाई नै सचेत तुल्याएका छन् ।
बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यसमितिले दिएको जिम्मेवारीलाई अवसरको रुपमा लिने प्रतिबद्धता जनाउनुभएको छ । साथै घोषणा गरिएको नगद राहत यथाशीघ्र वितरण गर्ने उल्लेख गरेका छन् । जसका लागि सम्बन्धित निकायले सनाखत गरिएको हुनुपर्ने विज्ञप्तिमा उल्लेखित छ ।
विज्ञप्ति;
