आस्मान र रोस्नाको नयाँ खान्दोके सेलो चर्चामा

काठमाडौं
तामाङ मौलिक भाका खान्दोके सेलोको सेलो सांगीतिक बजारमा छुट्टै क्रेज बढ्न थालेको छ । हुन त प्राय सेलो गीत संगीत सुन्ने बितिकै धेरैको मन लोभिहाल्छनै । सुन्ने बितिकै नाचौं नाचौं लाग्ने धुन र संगीतले जो कोहिलाई आकर्षित गर्छनै । विशेष गरि काठमाडौ नजिकैको जिल्ला सिन्धुपाल्चोक अनि आस-पासमा प्रचलित भाका खान्दोके सेलो बजारमा आएको छ ।

गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा रहेको खान्दोके सेलो यार्सालि दोस्ति ClickNepal युटुब बाट सार्वजनिक भएको हो । सिमराज तामाङले शब्द रचना गरेको गीतको लय संकलन भने आस्मान लोप्चनले नै गरेका हुन । गीतको संगीत संयोजन जोगलाल लामाले गरेका हुन भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।

“हाम्रै बाउ, बाजे , हजुरबाजेले बिहे , ब्रतबन्ध जात्रामात्रामा गाइने भाकालाई मैले टपक्क टिपेर रेकर्ड गराएको हु । त्यसैले म आफ्नो संगीत सृजना भन्दा पनि लय संकलन गरेकको हो भन्न रुचाउछु´´ भन्नु हुन्छ गायक आस्मान लोप्चन ।

 

गीतको भिडियो सिन्धुपाल्चोक जिल्लाकै विभिन्न पर्यटकिय क्षेत्रमा छायांकन गरिएको छ । सिन्धुपाल्चोकको मेलम्चि नगरपालिकामा अवस्थित गुफाडाँडा र इन्द्रावति गाउँ पालिकाको तामाङ गाउँ पिउघरमा भिडियोको छायांकन गरिएको हो । भिडियोमा रमेश ब्लोन , मोनिका लामा , कुइसाङ रुम्बा र मनोत्र झांक्रिको अभिनय देख्न सकिन्छ ।

भिडियोमा निर्देशन र छायांकनको पाटो अब्बल देखिन्छ । बुद्ध लामा तितुङले निर्देशन गरेको भिडियोलाई छायांकन र रंग संयोजन सुर्य लामाले गरेका हुन । भिडियोको सम्पादन आस्मान लोप्चनलेनै गरेको हो भने श्रृङगार राजु वाईबा र एलिना तामाङले गरेका हुन ।

गायक आस्मान लोप्चनको यो चौंथो खान्दोके सेलो प्रस्तुति हो । पहिलो बल्लपो तामाङको हुउ उठ्यो , दोस्रो वाला वाला रिबान , तेस्रो झिल्के खुवालि र चौंथो यार्सालि दोस्ति भर्खरै सार्वजनिक भएको छ ।

यार्सालि दोस्ति पूरा भिडियो

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार