युवा पुस्तालाई मौलिकता सिकाउँदै गायक सन्तोष लामा वाईबाको डम्फुको तालैमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
सेलो जगतको लोकप्रिय नाम सन्तोष लामा वाईबा । लामाले वृद्ध होस् या युवा पुस्ता होस् सबैको रोजाईमा पर्ने खालका गित संगितलाई श्रोता दर्शक माझ ल्याईरहेका छन् । भर्खरै गायक वाईबाको मौलिक पहिचान बोकेको गीत “डम्फुको तालैमा” को भिडियो सहित सार्वजानिक भएको छ ।

बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतमा स्वर सन्तोष लामा वाईबाकै रहेको छ । गीतको ध्वनि सम्पादन दिपेस प्रधानले गरेका छन् ।

भिडियो तर्फ भिडियोमा प्रमुख कलाकारको रुपमा इनाज ग्लोबल डान्स कम्पेटिसनका बिजेता पुर्ण बहादुर स्याङतान, मोनिका गुरुङ र महेस थापालाई देख्न सकिन्छ ।

केशब कोईराला र देवराज गुरुङको निर्देशनमा बनेको भिडियोलाई दक्क्षिना लामाले नृत्य निर्देशन गरेका हुन ।

रामेश्वर जिरेलले छायांकन गरेको भिडियोमा रोनिस तामाङले ड्रोन चलाएका छन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेको हो ।

तामाङ सेलो भाकामा रहेको यस गीतमा डम्फुको चर्चा संगै पश्चत्य संगितमा झुम्न अनि रम्न थालेका युवा पुस्तालाई हाम्रो मौलिकता सिक्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश सहितको भिडियो अत्यन्तै रोचक पक्ष देखिन्छ ।

डम्फुको गीतमा डम्फुको राम्रै प्रयोग देखिन्छ । अब्बल रुपमा नृत्य प्रस्तुत गरिएको भिडियोमा राम्रै लागानि भएको देखिन्छ । गित अनि भिडियोको निर्माता स्वाधिन्ता लामा वाईबाले गरेका हुन् ।

गायक सन्तोष लामा वाईबाको यो भन्दा अगाडि पनि धेरै गीत संगीत बजारमा आईसकेको छ। युएस नेपाल युट्युब च्यानलबाट भिडियोलाई हेर्न सकिन्छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार