विशाल काल्तानको के खानु कसम भोलि सार्वजनिक हुने

  सरु लामा तामाङ

हेटौंडा
दुच्छे म्युजिक क्रियसन युट्युब च्यानालको प्रस्तुतिमा गायक तथा संगितकार बिशाल काल्तानको नयां गित ” के खानु कसम ” को म्युजिक भिडियो भोलि पौष २० ( Jan 4 2021 ) का दिन सार्बजानिक हुने भएको छ।

गायक स्वंयम कै शब्द संगित र स्वर रहेको उक्त गितको एरेन्जर र मिक्सिङ भने एरेन्जर दिपेश प्रधानको रहेको छ। दिप स्टुडियो बौद्दमा रेकर्ड गरेको गितमा म्युजिक भिडियोमा भने मोडल तथा समाजसेबि सगुन स्याङ्तान र अहिलेका चर्चित मोडल याङ्कि दोङको अभिनय रहेको छ ।

चितवनको रमणीय ठाउंहरुमा छयांकन गरेको उक्त गितको निर्देशन सुमित लामा ले गरेका छन भने छयांकन लक्ष्मन घिमिरे, ड्रोन पाईलट बिष्णु सेवा ,सम्पादन रोशन फ्युबाले र मेकअप सुनिता खड्काले गरेका छन।

गितलाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानाल ले बजारमा ल्याउने भएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार