बिशाल र जितुको स्वरमा माया नै माया बोकेको “ङाला मायाला रंग २” (भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ प्रेम गितको पर्यायवाची नाम चर्चित गायक एवं संगितकार विशाल काल्तान । एक पछि अर्को गर्दै जो कोहि प्रेम जोडीहरुको मनमै छुने शब्दहरुबाट सझिएको गित अनि भिडियो बजारमा ल्याईरहेका छन् । जसलाई श्रोता अनि दर्शकहरुले अत्यन्तै मन पराईरहेको पनि छ ।

गायक/संगितकार विशाल काल्तान

गत वर्ष “ङाला मायाला रंग” श्रोता दर्शक माझ लोकप्रिय बनेको थियो । यसैको सिक्वेल या भनुँ भाग २ को रुपमा भर्खरै “ङाला मायाला रंग २” को भिडियो युट्युबमा सार्वजनिक गरेका छन् ।

गायिका जितु लोप्चन

फुलकुमार बोम्जनको शब्द, विशाल काल्तानको संगित अनि स्वरमा जितु लोप्चनले साथ दिएको यस गितको एरेन्ज चांद सिं र दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

मोडल सृजना मोक्तान

त्यस्तै अमिर दोङ र कृष्ण ब्लोनको निर्देशनमा मिलन थिङ पाराङ र सृजना मोक्तान अनि जिग्मे छ्योकी घिसिङको अभिनय देख्न सकिन्छ । जिग्मे मिडियाका संचालक सुर्य लामाको छायांकन, ड्रोन, कलरिङ रहेको छ ।

मोडल मिलन थिङ पाराङ

पोखराको रमणीय स्थलहरुलाई कैद गरिएको भिडियोको क्वालिटि उत्कृष्ट छ । भिडियोमा उठाउन खोजेको कथाबस्तुलाई केही फिक्का बनाई नायकनायिकाको रोमान्सलाई धेरै स्थान दिएको देखिन्छ । अभिनयमा कथाबस्तुलाई अझै स्थान दिएको भए यस गितको भिडियोले बोक्ने सन्देश उत्कृष्ट बन्ने ठाउँहरु प्रशस्तै छन् ।

भिडियोलाई डम्फु मिडियाको युट्युब च्यानलबाट हेर्न सकिन्छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार