दशैँको मुखैमा स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु

  जन्मभूमि संवाददाता

उदयपुर, दिपक कार्की
उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ ।

गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । दुर्घटनामा मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्यांग २६ वर्षीय कर्णबहादुर सार्की र ३० वर्षीय रामबहादुर सार्कीको रहेका छन भने अन्य तीनको पहिचान खुलेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते हुनेमा २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक २८ वर्षीय पनव खड्का रहेका छन् । घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ।उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी गएको बुझिएको।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार