गायक प्रमोद खरेल बिरुद्ध १ करोडको क्षतिपूर्ति माग दाबी गर्दै निवेदन दायर

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं, दिपक कार्की
गायक प्रमोद खरेलकाे छाति चिरेर बाेलकाे गीत अहिले चर्चामा छ। तर यही समयमा गायक खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै विन्ध्यवासीनि म्युजिक प्रा.लि.का प्रोड्युसर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध निवेदन दायर गरेका छन। गायक खरेलले विभिन्न गीतका ट्र्याकहरु अनुमति बिना प्रयोग गरेको भन्दै रजिस्ट्रारको कार्यालयलाई सम्बोधन गर्दै सो निवेदन पत्र लेखेका छन्।

निवेदन पत्रमा विभिन्न समयमा देश तथा विदेशमा आयोजित कार्यक्रमहरुमा गायक खरेलले विन्ध्यवासीनिका ट्र्याकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार रजिस्ट्रारको कार्यालयमा उक्त पत्र दायर भएकाे खुल्न आएको छ। लाखौंको लगानीमा निमार्ण हुने यस्ता म्युजिक ट्र्याकहरु अनुमतिबीना प्रयोग गर्नुले आफ्नो नैतिक एवं आर्थिक अधिकारको हनन् एवं प्रतिलिपि अधिकार समेत हनन् भएको विन्ध्यवासीनिका सञ्चालक रेग्मीले बताएका छन। यसरी लोकप्रिय गायकले नै ठूला कम्पनीका ट्र्याकहरु चोरी गरेर प्रयोग गर्नु लज्जास्पद रहेको भन्दै रेग्मीले १ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती माग गर्दै प्रतिलिपि रजिष्टारको कार्यलयलाई निवदेन लेखेका हुन्।

विन्ध्यबासिनीले भनें जस्तो क्षतिपूर्ति पाईएला या नपाईएला यसको बारेमा भनें आउने समयमा थाहा हुने नै छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार