सिन्धु र बलेफीको पर्यटन प्रवर्द्धन स्वरुप सांगीतिक कोसेली

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

✍️ दिपक कार्की, सिन्धुपाल्चोक
पछिल्लो समय साङ्गितिक क्षेत्रमा नयाँ नयाँ साङ्गितिक कोसेलीहरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।विशेष गरि पछिल्लो समय युवा पुस्ता पनि नेपाली लोक दोहोरी क्षेत्रमा धेरै सक्रिय भएका छन। त्यसै क्रममा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ डाँडाकटेरी का रबिन गहतराज र आर्यन कार्कीले पनि बलेफी गाउँपालिका लगायत सिन्धुपाल्चोक जिल्लाकै पर्यटन बिकासको चिनारी स्वरुप एउटा लोक कोसेली साङ्गितिक बजारमा ल्याउने भएका छ्न।

रबिन गहतराजको लय शब्द रहेको “चिलाउने डाँडागाउँ “बोलको लोकदोहोरी गितको भर्खरै मात्र सुटिङ सम्पन्न भएको छ। रबिन गहतराज र सरस्वती उप्रेती को समधुर आवाज रहेको उक्त गितको भिडियोलाई निर्देशक मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने लोकप्रिय मोडल रेखा थापा, आर्यन कार्की, सुजन रिजाल, अप्सरा लामाको अभिनय गरेका छन।

उक्त चिलाउने डाँडागाउँ बोलको गित मिलन फिल्मस प्रा.लि बाट छिटै नै बजारमा आउने सो गितका गायक रबिन र मोडल आर्यन कार्कीले जानकारी दिनु भएको छ।यो गित विशेष गरि सिन्धुपाल्चोक  जिल्लालाई नै समेटेर बनाएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार