बिशाल र पुजाको तामाङ प्रेम गित ङ्यान्गोले युट्युबमा (भिडियो सहित)

काठमाडौं
तामाङ भाषाको गित संगितमा पनि प्रेम गितले राम्रो बजार अनि दर्शकको माया पाईरहेको छ। यस्तैमा एकपछी अर्को गर्दै प्रेम गितको दुनियाँमा चर्चित गायक एवं संगितकार विशाल काल्तान भनें सबैको मन मुटुमा छाउन सफल भैरहेका छन्। भर्खरै उहाँ र गायिका पुजा बोम्जनको स्वरमा सझिएको ङ्यान्गोले ङ्यान्गोले धुच्छे म्युजिक कृयसनको युट्युब च्यानल बाट सार्वजनिक भएको हो।

विशाल काल्तानकै शब्द संगीत रहेको गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।

भिडियोमा प्रस्ट रुपमा गायक विशाल काल्तान र गायिका पुजा बोम्जनलाई देख्न सकिन्छ । जिग्मे मिडियाको पोस्ट प्रोडक्सनमा बनेको भिडियोको छायाङकन सम्पादन र रंग सम्पादन सुर्य लामाले गरेका छन । काठमाडौंको नक्सालमा रहेको जेनेरिक स्टुडियोमा भिडियो छायांकन गरिएको छ।

तामाङ सेलो गीत संगीतमा एकलौटि राज गरिरहेका गायक विशाल काल्तानको हर गीत स्रोता दर्शकले रुचाईरहेका छन । जसले उहाँलाई एकपछी अर्को गर्दै सफलताका सिँढि उक्लन मद्दत गरिरहेका छन्।

हर गीत श्रोता दर्शकहरुले रुचाउनुको रहस्य सायद हर गीतमा फरक स्वाद भएरै होला । अहिले सार्वजानिक भएको न्यान्गोले न्यान्गोले बोलको गीत पनि स्रोता दर्शकले मन पराउनेमा निर्माण पक्ष आशावादि छन । गीत सुनेर राम्रो नराम्रो के लाग्छ प्रतिक्रिया दिन र सेलो गीत संगीत अनि तामाङ कलाकारलाई माया गरिदिन समेत आग्रह गरेका छन ङ्यान्गोले ङ्यान्गोले निर्माण पक्षले ।

Hot Interview By Janmabhumi Tv

झण्डा जलाउने युवाको एक मात्र अन्तर्वार्ता

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार