काठमाडौं
अनिल कुमार लामाको शब्द संगितमा राजु लामाले स्वर दिएको सेलो गित “संलुङे मेलैमा” बोलको गितको स्थाई र लय मिलेको भन्दै सामाजिक संजालमा विवाद भएको थियो । यसै विषयलाई लिएर संगितकार लामाले गित चोरेको आरोप लागेपछी पुरानो गितका सर्जक गोपाल कृष्ण तिमिल्सीना (गोपाल कृति)बीच साउन २१ गते दुई पक्षीय सहमती भएको छ ।
उहाँहरु बिच ३ बुँदे सहमति भएको छ । ‘सैलुङे मेलैमा….’ गीतको सर्वाधिकार अनिलकुमारकै रहने गरी ३ बुँदे सहमती भएर विवाद टुगिंएको हो । गत हप्ता चर्चित गायक राजु लामाको स्वरमा ‘सैलुङे मेलैमा….’ सेलो गीतकोे सर्वाजनिक भएको थियो ।
सर्वाजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा रचना, संगीतकार गोपाल कृष्ण तिमिल्सीना (कृति)को ‘रोजेर तिमीलाई’ एल्बमको ‘उदयपुर गढी म जाँदा…’ बोलको गीतसँग मिलेको भन्दै स्रोता दर्शकले भाइरल गराएको थियो । उक्त गीतको पहिलो ‘स्थायी’को शब्द र लय मिलेको छ । यसलाई नै आम दर्शकले सामाजिक सञ्जालमा दुईटै गीतको स्थायी मिलाएर भाइरल गराइ गीतकार अनिल लामा र गायक राजु लामालाई गीत चोरेको आरोप लगाएको थियो ।
जुलाई २८ गायक राजु लामाको अफिसियल च्यानलबाट ‘सैलुङेले मेलैमा….’ बोलको अडियो गीत सर्वाजनिक भएको थियो ।
‘सैलुङेले मेलैमा….’ बोलको गीतको सम्पूर्ण सर्वाधिकार अनिल लामालाई हुने र ‘उदयपुर गढी म जाँदा…’ बोलको गीतको रचनाकार गोपाल कृतिले कुनै पनि प्रतिलिपि अधिकार नखोज्ने सहमती भएको हो । २ जना साक्षी राखि प्रथम पक्ष अनिल लामा र दोस्रो पक्ष गोपाल बनाई ‘सैलुङेले मेलैमा….’ बोलको गीतको स्थायी र सम्पूर्ण अधिकार प्रथम पक्षकै हुने र दोस्रो पक्षले उक्त गीतप्रति कुनै वादविवाद नगर्ने गरी हस्ताक्षरसहित सहमतीमा भएको छ ।
३ बुँदे सहमती यसप्रकार छः
१. अनिलकुमार लामा प्रथम पक्षद्धारा शब्द संगीत राजु लामाद्धारा स्वरबद्ध ‘सैलुङेले मेलैमा….’ भन्ने गीत र गोपाल कृष्ण तिमिल्सीना (गोपाल कृति) द्धारा रचना गरिएको ‘उदयपुर गढी म जाँदा…’ भन्ने गीतको पहिलो स्थायी संयोगबस मिल्न गएकोमा सो गीतको स्थायी र सम्पूर्ण अधिकार प्रथम पक्षकै हुने गरी दोस्रो पक्षले यो सम्झौता गरी प्रथम पक्षलाई दियो ।
२. अब उप्रान्त दोस्रो पक्षले उक्त गीतको बारेमा कुनै किसिमको वादविवाद गर्ने छैन र कही कतै पनि उजुरबाजुर गर्ने छैन भनि यो सम्झौता गरियो ।
३. यदि यो सम्झौता पत्र बमोजिम कसैले उल्लघन गर्ने छैन, गरेमा नेपालको कानुन बमोजिम कारवाही हुनेछ ।