जम्मा पारेको सलहलाई सरकारले भन्दा जनताले ५ गुण बढी दिन्छु भनेंपछी

  जन्मभूमि संवाददाता

प्रदेश ५, बुटवल
शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले निर्णय नै गरेर सार्वजनिक गरे कि , ‘यो किरा टिपेर ल्याउनेलाई किलोको रु २० नगद प्रोत्साहन दिन्छौं ।’

नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो गरि जम्मा ८.५ किलो थियो ।

बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीका अनुसार  ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरुले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सबिनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।

वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ । एउटा चाख लाग्दो कुरा त के भनें वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीकाअनुसार जम्मा भएको सलह सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँसम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने । सत्य समाचारबाट

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार