सिन्धु काँग्रेस सभापतिमा विजयी पश्चात् लामाले भनें “नं. १ पार्टी बनाउने अभियानमा दिनरात लाग्नेछु”

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंग बहादुर लामा विजयी हुनुभएको छ । हिजो भएको पहिलो चरणमा ५१% मत कुनैपनी उम्मेदवारले नकटाएपछी आज पुनः मतदान भएको थियो । हिजो वंशलाल तामाङ, डा. प्रेम ध्वज लामा र जंग बहादुर लामा बिच सभापतिका लागि निर्वाचन भएको थियो ।

आजको निर्वाचनमा १७८६ मत खसेको थियो । जिल्ला सभापतिका लागि आज वंशलाल तामाङ र जंग बहादुर लामा बिच मतदान भएको थियो । खसेको मत मध्ये जंग बहादुर लामाले ९१२ मत लिई विजयी हुनुभएको छ भने प्रतिद्वन्दी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे ।

हिजो ३ जना प्रतिस्पर्धी बिच भएको निर्वाचनमा १८६८ मत खसेको थियो । हिजो भन्दा आज ८२ मत कम खसेको थियो । हिजो भएको सभापति उम्मेदवारमा डा. प्रेमध्वज लामा, वंशलाल तामाङ र जंग बहादुर लामाको प्रतिस्पर्धा भएको थियो । उम्मेदवारहरुले कुनैले पनि ५१% मत ल्याउन नसकेपछि आज दोश्रो चरणको लागि मतदान भएको र जसमा डा. प्रेमध्वज लामाले वंशलाल लामालाई साथ दिएका थिए ।

जसले गर्दा आजको मतदान परिणाम अनुमान गर्न गाह्रो देखिएको थियो । विजयी घोषणा पश्चात् लामाले गुटउपगुट नभनी काँग्रेसलाई एक बनाई अबको निर्वाचनमा नं. १ बनाउने अभियानमा आफू दिनरात नभनी खटिने उद्घोष गर्नुभएको छ । त्यस्तै उपविजेता तामाङले आफुले पार्टी एकता र बलियो बनाउन हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार