छामेला घोईलो सार्वजनिक, भिडियो सहित

  जन्मभूमि संवाददाता

काठमाडौं
जोरपाटी स्थित म:म प्लाजामा आयोजित कार्यक्रममा नयाँ सेलो गित “छामेला घोईलो” को भिडियो सार्वजनिक गरेको छ । नायक एवं निर्देशक अमिर दोङको सभापतित्व र तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि उक्त भिडियोलाई बजारमा ल्याएको हो ।

बिजय तामाङ र अनु लामाद्वारा रचना गरेको गीतलाई विशाल काल्तानले संगित गरेका छन् । साथै चाँद सिङको संगीत संयोजनमा विशाल काल्तन र गायिका सुमिना लोको आवाजमा सझिएको छ ।

गीतको भिडियोमा निर्देशक तथा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा र विना लोप्चनको अभिनय रहेको छ भने बीचबीचमा हास्य कलाकार कुइसाङ रुम्बा र पदम दोङले समेत अभिनय गरेका छन् ।

गीतको मिक्सिङ दिपेश प्रधानले गरेका थिए। अमिर दोङको निर्देशक रहेको भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका हुन भने भिडियोलाई कलर सुर्य लामाले गरेका हुन् ।भिडियोको कोरियोग्राफर विष्णु गोले भिषण दोङले गरेको थियोे ।

यस भिडियोलाई नेपाली सेलो प्रोडक्सनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको छ ।

https://youtu.be/Qe_9ikCXnXI

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार