पुर्व मन्त्री बस्नेतद्वारा बाढीपिडितहरुको घर शिलान्यास

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ सुनकोसी गाउँपालिका वडा ६ धुसेनिमा मिति २०७७ भदौ १४ गते गएको बाढी पहिरोले ३ घर परिवार विस्थापित बनाएको दुःखद् घडीमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका र सुनकोशी वडा नं ६ ले सयुक्त रुपमा बजेट बिनियोजन गरी पिडितहरुको घर निर्माण गरिने घोषणा गरेका थिए ।

उक्त घोषणा बमोजिम आज पुर्व मन्त्री मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिका प्रमुख श्रवण कुमार जिसि र सुनकोशी गाउँपालिका वडा नं ६ का अध्यक्ष रामकुमार थापाको उपस्थितिमा आज पिडितहरुको घरको शिलान्यास भएको छ । साथै, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट प्रती पिडित परिवार २५०००/- रुपैयाँ सहयोग गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार