म्युङ पुजुका नायक द्वय ईश्वर र प्रेमको नयाँ भिडियो सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
गत वर्ष रिलिज भएको उत्कृष्ट तामाङ चलचित्र “म्युङ पुजु” का नायक द्वय ईश्वर लामा र प्रेम गोले अभिनित नयाँ गित “डम्फु त बज्यो तकदुई” को भिडियो सार्वजनिक भएको छ । नायक ईश्वर लामाको प्रस्तुतिमा विशाल काल्तानको शब्द, संगित र स्वरमा सझिएको अत्यन्तै मीठो सेलो गितमा जितु लोप्चनले स्वरमा साथ दिएका छन् ।

२८५७ औं लाङ ल्हो सोनाम ल्होछारको साईत पार्दै निर्माण पक्षले यस गितलाई उपहार स्वरुप श्रोता दर्शक माझ ल्याएको बताउँछन् । गितको म्युजिक एरेन्ज दिपेश प्रधानले गरेका हुन ।

भिडियो तर्फ कृष्ण ब्लोनको निर्देशनमा नायक द्वय प्रेम गोले र इश्वर लामाले अभिनय गरेका छन् । जहाँ मोडल नायिका द्वय निरान्जली लामा र सुस्मा मोक्तानको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई जिग्मे मिडियाका सन्चालक सुर्य लामाले छायांकन, सम्पादन अनि कलरिङ समेत गरेका हुन् । भिडियो सेलो सरगम युट्युब च्यानलबाट हेर्न सकिन्छ । भिडियो लिंक

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार