बलेफीमा निःशुल्क सिलाई कटाई तालिम सञ्चालन, २० महिला सहभागी

सिप सिकेपछि रोजगारीको ढोका खुल्ने आशा: बलेफीका महिला उत्साहित

  प्रितम कुमार तामाङ

बलेफी, सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाको समन्वयमा तथा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान (CTEVT), भैसेपाटी, ललितपुरको सहयोगमा निःशुल्क ६५ दिने A लेभलको सिलाई कटाई (टेलरिङ) तालिम सञ्चालनमा आएको छ।

गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले तालिम अनुगमन गर्दै तालिमले महिलाहरुको सिप विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सहभागी हुने महिलामध्ये उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई अनुदानमा सिलाई मेसिन प्रदान गरिने जानकारी दिनुभयो।

प्रशिक्षक चन्द्रमाया श्रेष्ठका अनुसार, तालिममा गाउँपालिका क्षेत्रभित्रका २० जना महिला दिदीबहिनीहरू स्वतस्फूर्त रूपमा सहभागी भएका छन्। उहाँले तालिम पुरा गरेपछि वैदेशिक रोजगारीको अवसरसमेत खुल्ने सम्भावना रहेको बताउनुभयो।

तालिम सुरु भएको अहिले एक हप्ता वितेको छ। तालिममा सहभागी बलेफी–५ की अन्जना श्रेष्ठले यस अवधिमा लिएको तालिमले आत्मविश्वास बढेको बताउँदै भविष्यमा आर्थिक सुधार हुने आशा व्यक्त गर्नुभयो।
सीपमूलक तालिममार्फत महिलाहरू आत्मनिर्भर बन्ने गाउँपालिकाले अपेक्षा गरिएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार