
सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु दुई दिने नीति तथा कार्यक्रमको मुल्यांकन तथा विश्लेषण सम्बन्धि कार्यशालामा सहभागी भएको छ । सीविस नामक गैरसरकारी संस्थाले आयोजित कार्यशाला जनप्रतिनिधिहरुको उत्साहजनक सहभागीमा सम्पन्न भएको हो ।

निर्वाचित जनप्रतिनिधिहरुका लागि गाउँपालिकाको नीति नियमको मुल्यांकन तथा विश्लेषण गर्दै अपुग कुराहरुलाई कसरी पूरा गर्दै जाने भन्ने विषयमा सामुहिक छलफल तथा सुझाव संकलन गरिएको CWISH का जिल्ला कार्यक्रम अधिकृत कृष्ण प्रसाद पराजुलीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले कार्यशालाबाट पालिकाले ल्याएको नीति तथा कार्यक्रम अनुसार बजेट छ या छैन ? त्यस्तै महिला, बालबालिकाको क्षेत्रमा के कति काम भयो ? सजिलै थाहा पाउन सहयोग पुगेको बताए ।
साथै, अध्यक्ष गंगाबहादुर तामाङका अनुसार नीति तथा कार्यक्रमका लागि बजेटको श्रोत सुनिस्चितता अपरिहार्य रहेकोले त्यसमा विशेष ध्यान दिन कार्यशालाले महत्वपूर्ण भुमिका खेलेको जनाए ।
सीविस संस्थाले बलेफी गाउँपालिकामा विगत २ वर्ष देखि बालबालिका, महिला र शिक्षा क्षेत्रमा साझेदारी कार्यक्रमहरु गर्दै आएको छ । विशेषगरी समुदाय सचेतना कार्यक्रम, किशोरीहरुको क्षमता विकास, उनिहरुमा रहेका समस्याहरुको वकालत गर्ने, विद्यालयहरुमा शिक्षकहरुको क्षमता विकास, वि.व्य.स. को क्षमता विकास, अपांगता भएका, जोखिम अप्ठ्यारोमा परेका आदि इत्यादि कार्यक्रमहरु संगै शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।